६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमई लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी लिडरहरूलाई AML/CFT सम्बन्धी तालिम सम्पन्न



अ+ अ-

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेसनल एन्टि मनी लण्डरिङ डे को अवसरमा आफ्ना एजेन्सी लिडरहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ।

तालिम कार्यक्रममा जीवन बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान तथा रोकथाम, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून, नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

कम्पनीका अनुसार, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनको प्रभावकारी पालना गर्दा संस्थागत सुशासन सुदृढ हुने र ग्राहकको विश्वास बढ्ने विश्वास लिइएको छ।

तालिम कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सम्पूर्ण अभिकर्ता तथा एजेन्सी लिडरहरूलाई AML/CFT सम्बन्धी कानुनी व्यवस्थाहरू पूर्णरूपमा पालना गर्न प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभयो।

कम्पनीले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।