४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

महिनाकै दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले बीमाको भुक्तानी गर्नसक्ने अवस्था देखिएनः मन्त्री गौतम

महिनाकै दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले बीमाको भुक्तानी गर्नसक्ने अवस्था देखिएनः मन्त्री गौतम
अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले बीमा कार्यक्रमका लागि महिनाको दुई अर्ब बढी रकम खर्च हुने स्थिति आएकाले रकम भुक्तानी गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

गंगालाल राष्ट्रिय हृदयरोग  केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चालु आ.व.मा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बज्ेट नै नभएको बताउनु भयो । उहाँले बीमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बीमामा दाबी हुन थालेको बताउनु भयो । असिमित खर्च हुँदै गएकाले बीमाको रिफर्म जरुरी रहेको उल्लेख गर्नुभयो । बीमालाई सुधार गर्न जरुरी रहेको बताउँदै मन्त्री गौतमले त्यसका लागि मन्त्रालयको काम गरिरहेको बताउनु भयो । उहाँले आफूले बीमाको रकम तत्काल भुक्तानी गराउन निर्देशन दिइसकेको पनि उल्लेख गर्नुभयो । बीमाको भुक्तानी संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी हुने भनिएपनि संघ सरकारले मात्रै अहिलेसम्म हेरिरहेकाले बीमामा एकोहोरो बोझ परिरहेको जिकिर गर्नुभयो । स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको भएपनि अहिलेसम्म प्राप्त गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बीमको तत्काल भुक्तानी गराउन मैले बीमामा हालै कार्यकारी पदमा जानुभएका डा. कृष्ण पौडेललाई भनेको छु, मुख्य समस्या बीमामा हो । बीमामा हामीले के गरेछौँ भने जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेट भन्दा धेरै बढी बीमाको दाबी हुन थाल्यो । यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो । यो वर्षलाई बीमामा बजेट नै छैन । तर खर्च असिमित हुँदै गयो । महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो । त्यो दिनसक्ने अवस्था छैन । त्यसकारण त्यहाँ कसरी हुन्छ, बीमालाई सुधार गर्नुपर्ने अवस्था छ । त्यो गर्दैछौँ । त्यसमा दुई, तीन वटा नयाँ कुरा राख्न लागेका छौँ । बीमामा एकोहोरो बोझ परेको छ । बीमा कार्यक्रममा संघ र प्रदेश र स्थानीय सरकारको योगदान हुनुपर्छ भनेको छ अहिलेसम्म संघीय सरकारले मात्रै हेरिरहेको अवस्था छ । त्यहाँ समस्या परेको छ । आधारभुत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भनेर संविधानले तोकेको छ, ९८ किसिमको औषधि प्राथमिकता स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुले दिनुपर्छ । त्यसमा पनि कहाँ न कहाँ बीमा लागेको छ । आधारभुत सेवाबाट बीमा दिने होइन । निःशुल्क पाइने उपचारमा बिरामीले पैसा तिर्नुपरेको अवस्था बिरामीको लागि राम्रो होइन, सरकारका लागि पनि राम्रो होइन । स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको छ । सूर्तिजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत दिने भनेको छ जुन हामीले पाएका छैनौँ धेरै न्युन मात्रै पाएका छौँ ।’

मन्त्री गौतमले सूर्तिजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत रकम प्राप्त गर्दा मात्रै पनि बीमाको आर्थिक संकट ठूलो हदसम्म अन्त्य हुने बताउनु भयो । बीमा अहिलेकै स्वरुपमा नचल्ने भन्दै रिफर गरेर स्वास्थ्य संस्थामा आएका बिरामीलाई मात्रै बीमाबाट सेवा दिनुपर्ने बताउनु भयो ।