१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओटीटीमा आउँदै आलिया भट्टको ‘गंगुबाई काठियावाडी’



अ+ अ-

एजेन्सी । सञ्जय लीला भन्सालीको ‘गंगुबाई काठियावाडी’ कोरोनाको तेस्रो लहर कम भएपछि हलमा रिलिज हुने पहिलो ठूलो बजेटको फिल्म हो । 

यस फिल्मको घोषणा भएदेखि नै सबैको नजर आलिया भट्ट अभिनीत फिल्ममा थियो र सोचे अनुसार फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गर्‍यो ।

कोरोना महामारीको समयमा, निर्माताहरूले चलचित्रलाई सिनेमाघरमा रिलिज भएको चार हप्तापछि मात्र ओटीटी प्लेटफर्ममा प्रिमियर गर्ने गर्थे । तर, आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’का निर्माताले आठ साता सिनेमाघरमा पुगेपछि मात्रै फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका छन् । 

अर्थात् २५ फेब्रुअरीमा रिलिज भएको गंगुबाई काठियावाडीको ओटीटी प्रिमियर २२ अप्रिल २०२२ मा नेटफ्लिक्समा हुनेछ ।