१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोषका सन्दर्भमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोषले केही दिनदेखि कोषका सन्दर्भमा केही सञ्चारमाध्यममा प्रकाशित समाचार अनर्गल, तथ्यहीन र भ्रामक भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कोषले आज विज्ञप्तिमार्फत संस्थाको गरिमा र विश्वसनीयतामा गम्भीर आँच पु¥याउने उद्देश्यले सत्यतथ्यलाई तोडमोड गरी सम्प्रेषण गरिएका त्यस्ता समाचारप्रति आपत्ति प्रकट गरेको हो ।

कोषले त्यस्ता समाचारको पछाडि नलाग्न कर्मचारी, शुभचिन्तक एवं सरोकारवाला सबैलाई  आग्रह गरेको छ । कोष एक स्वायत्त एवं स्वशासित संस्था भएको र यसको सञ्चालन आफ्नै ऐन, कानुन तथा नियमावली बमोजिम हुने उल्लेख गर्दै कोषले अध्यक्ष र सदस्य–सचिवको नियुक्ति पनि प्रचलित ऐनको व्यवस्थाअनुसार नै कानुनी प्रक्रियाबाट भएको स्पष्ट पारेको छ ।

साथै कोषले वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाइँले जेनजी आन्दोलनका क्रममा सरकारी आवासमा पूर्ण क्षति पुगेकाले मितव्ययिताका दृष्टिकोणले सदर चिडियाखानाको कार्यालय प्रमुखको रिक्त आवास उपयुक्त ठानी प्रयोग गर्नुभएको स्पष्ट पारेको छ ।

उक्त रिक्त भवनमा उहाँ बस्दा समाचारमा उल्लेख गरिए जस्तो वन्यजन्तुलाई कुनै असर नपर्ने र वन्यजन्तुको संरक्षण कार्यसँग यसको कुनै सरोकार नरहेको कोषले जनाएको छ । रासस