१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत सोडारीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहनुभएका अजय सोडारीको स्वास्थ्य कमजोर बन्दै गएकाले जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जेनजी आन्दोलनका बन्दी रिहा गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारलगायतका विभिन्न माग राखी विगत नौ दिनदेखि काठमाडौँको माइतीघरमा सोडारी आमरण अनशनमा बस्नुभएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।”

आयोगले यही माघ १३ गते अनुगमन गरेको र अनुगमनका क्रममा अनशनरत सोडारीको स्वास्थ्य परीक्षणमा खटिएका चिकित्सकसँग आयोगले स्वास्थ्य अवस्थासम्बन्धमा जानकारी लिएको जनाएको छ ।

सोडारीकोे स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, रक्तचाप र ‘पल्स रेट’ कम रहेकाले  ‘स्लाइन’ दिइरहेको अनुगमनबाट पाइएको आयोगको भनाइ छ । रासस