१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पौवादुङमा गोल्डकप आजदेखि



अ+ अ-

भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ। प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन्।

“हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसियाली”,  नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो

गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लव धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटवल क्लव भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता हुने छ ।

यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुव्वा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाको सहभागिता हुने छ ।

माघ १४ देखि २३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेगाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

आजको पहिलो उद्घाटन खेल नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाको बीच हुने छ ।  रासस