१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

होलोकास्ट स्मृति दिवसः साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

होलोकास्ट स्मृति दिवसः साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
अ अ+ अ-

काठमाडौँ। काठमाडौँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । द्वितीय विश्वयुद्धका क्रममा नाजी शासनद्वारा ६० लाख यहुदीको संहार गरिएको स्मरणमा सन् २००६ देखि उक्त विश्व संस्थाको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले होलोकास्टको पीडाबाट अन्तरराष्ट्रिय मानव अधिकार कानुन र संरचनाको विकास भएको उल्लेख गर्नुभयो । उहाँले मानव अधिकार, सहिष्णुता र सम्मानको प्रवद्र्धन आजको आवश्यकता भएको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले होलोकास्ट मानव सभ्यतामाथिको कालो दाग भएको उल्लेख गर्दै जातीय घृणा, विभेद र सम्पूर्ण समुदायलाई नष्ट गर्ने सोचको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता घटनाहरू दोहोरिन नदिन स्मरण र शिक्षा अत्यावश्यक भएको बताउनुभयो ।

त्यस अवसरमा जर्मनी र अष्ट्रेलियाका कूटनीतिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै होलोकास्टकी जीवित साक्षी सोफिया गेलरको सन्देश प्रस्तुत गरिएको थियो । रासस