१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

स्वास्थ्य बिमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बिमा बोर्डको सार्वजनिक अपिल

स्वास्थ्य बिमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बिमा बोर्डको सार्वजनिक अपिल
अ अ+ अ-

काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बिमा बोर्डले सेवाग्राही तथा सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

आज एक अपिल जारी गर्दै बिमा बोर्डले ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बिमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ ।

त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक स्वास्थ्य सुरक्षाको प्रमुख कार्यक्रम हो ।

सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीहरूका बाबजुत पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बिमामार्फत सेवा लिइरहेका छन्, जसका कारण दैनिक औसत रु आठ करोड बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ ।

हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा देखिएको असहजता वा अस्थायी सेवा अवरोध समाधान गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको जानकारी दिँदै, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।
—