१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नागरिकको उपचारलाई सहज बनाउन स्वास्थ्य बिमालाई व्यवस्थित गर्न आवश्यक छः स्वास्थ्यमन्त्री गौतम

नागरिकको उपचारलाई सहज बनाउन स्वास्थ्य बिमालाई व्यवस्थित गर्न आवश्यक छः स्वास्थ्यमन्त्री गौतम
अ अ+ अ-

बागलुङ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका स्वास्थ्य बिमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ।

आज धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षणपछि उहाँले स्वास्थ्य बिमाले आमनागरिकलाई सहज भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले सरकारले धेरै प्रकारका औषधि निःशुल्क दिएको तर त्यसको दुरुपयोग र अनावश्यक रूपमा बिमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समस्या भएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

“वास्तवमा यो कार्यक्रमबाट आमनागरिक निकै लाभान्वित भएका छन्, त्यसैले यसको व्यवस्थापन गर्दै निन्तरता दिन आवश्यक छ । त्यसका लागि नागरिक जिम्मेवार बन्ने र तीनै तहका सरकारले लगानी गर्नुपर्छ”, मन्त्री गौतमले भन्नुभयो,“हाल अघिल्लो वर्षको बिमाको रकम भुक्तानी गर्दा यस वर्षको बजेट शून्य भएको हो । यस वर्षसम्म रु ११ अर्ब बिमाको दायित्व भएको छ । त्यसैले थप रकम तिर्न समस्या भएको हो ।”

उहाँले सरकार स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका निरन्तर लागिरहेको भन्दै सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि प्रयास भइरहेको बताउनुभयो । रासस