१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये थापाले युएइ पटाउने भन्दै रु छ लाख ३० हजार, साहले क्यानडा पठाउने भन्दै रु १८ लाख तथा भुजेलले युएई पठाउने भन्दै रु तीन लाख ५० हजार लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

जमलमा दुर्घटना हुँदा  चार घाइते

काठमाडौँ महानगरपालिका–२७ जमलमा आज भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी बा प्र ०२–०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौँ सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ मोटरसाइकिल चालक काठमाडौँ बस्ने २६ वर्षीय विनोद प्रधान, पछाडि सवार यात्री रुकुम मुसिकोट घर भई हाल भक्तपुरा ठिमी बस्ने ३६ वर्षीया सुनिता वली, बा३५प ९१४४ मोटरसाइकल चालक काठमाडौँ बूढानीलकण्ठ बस्ने २८ वर्षीय ललितजङ्ग सञ्जेल, पछाडी सवार सिन्धुली मरिङ गाउँपालिका–७ की ३१ वर्षीया इशु तामाङ घाइते हुनुभएको हो ।

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार घाइतेमध्ये एक जनाको ट्रमा सेन्टर र बाँकी तीन जनालाई ग्राण्डी सिटी अस्पतालमा उपचारका लागि पठाइएको थियो ।

आज जमलको एल्लो प्यागोडास्थित सडकखण्डमा केशरमहलदेखि जमलतर्फ जादै गरेका बा प्र ०१–०२८ च ४५१२ नम्बरको कुरियर डेलिभरी भ्यान, बा प्र ०२–०५६ प ३९६७ नम्बरको इभी स्कुटर र सोहि विपरित दिशातर्फ जादै गरेका बा३५प ९१४४ मोटरसाइकिल, बा प्र ०२–०३१ प ३०७९ नम्बरको मोटरसाइकिल र बा.प्र.०१–००४ क ५३८१ नम्बरको निजि इभी हाइस आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस