२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कपमा ८२ टिम



अ+ अ-

काठमाडौं : द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् ।

बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बास्केटबलको सिनियर ब्वाइज-गल्र्समा समान १०–१० तथा यु–१२ गल्र्समा ६ टिम सहभागी हुने छन् । सिनियर ब्वाइज÷गल्र्समा कक्षा १० तथा यु–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जानकारी दिए । सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम गत संस्करणमा च्याम्पियन बनेका थिए ।

छात्रा खेलाडीको सहभागितालाई व्यापक बनाउदै उनीहरुलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यु–१२ विधा पहिलोपटक थपिएको प्रिन्सिपल रजकले बताए ।
‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । यु–९ मा ८, यु–११ मा १७, यु–१३ मा १८ र यु–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । यु–९ मा राई स्कुल, यु–११ मा स्वस्तिश्री गुरुकुल, यु–१३ मा एक्सेल्सियर र यु–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् ।

प्रतियोगिता संयोजक समेत रहेका एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासंगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।