६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

काठमाडौँका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
अ+ अ-

काठमाडौँ, १३ माघः आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।

निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन ।

काठमाडौँ सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन् । अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ । त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुहुन्छ । “काठमाडाैँ सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँका अधिकांश स्थानको जिम्मेवारी सरकारले महिलालाई सुम्पेको छ, जुन विश्वास र भरोसाले जिम्मेवारी पाएका छौँ, हामीले इमानदारिताका साथ निभाएका छौँ”, उहाँले भन्नुभयो ।

महालेखा नियन्त्रक कार्यालयका निर्देशक भट्टराई महिलाले अवसर पाउने हो भने जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्ने बताउनुहुन्छ । खासगरी बोलीमा मिठास र भावपूर्ण व्यवहार प्रस्तुत गर्नु महिला नेतृत्वको मौलिक गुण हो भन्ने भट्टराईको धारणा छ । यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य जिम्मेवारी लिएको अनुभव बटुल्नुभएकी उहाँले महिला नेतृत्वप्रति अरूले गर्ने व्यवहार पनि सभ्य र शालीन हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “रिसै उठेर आउनेहरु पनि महिलाका अगाडि आएपछि शान्त भइदिनुहुन्छ, स्थानीय निर्वाचनले मलाई अझ बढी परिपक्व बनाएको छ ।”

महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ । आफूले लिएको जिम्मेवारी पूरा गर्ने मात्रै होइन, अत्यन्त सभ्य र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य जिम्मेवारीमा उहाँ सचेत हुनुहुन्छ । परिवारको दायित्व निभाउनुका साथै अवसर पाउँदा कार्यालयले दिने हरेक कार्य कुशलताका साथ आफूले काम गर्दै आएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ । साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरहनुभएको छ ।

त्यस्तै, काठमाडौँभन्दा बाहिर पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी (बर्दघाट)–२ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार सीता अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दुदेवी न्यौपाने, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१, कास्की–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत सीता रेग्मीले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ ।

साथै मकवानपुर–१ मा जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल र बागलुङ–१ मा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर २ मा सर्वोच्च अदालतका इजलास अधिकृत सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृत हुनुहुन्छ । मधु शाही/रासस