३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचन आयोगद्वारा बालेन शाह, महेश बस्नेत, हर्क साम्पाङसहित सात जनासँग स्पष्टीकरण माग

निर्वाचन आयोगद्वारा बालेन शाह, महेश बस्नेत, हर्क साम्पाङसहित सात जनासँग स्पष्टीकरण माग
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन तथा घृणाजन्य अभिव्यक्ति दिएको आरोपमा रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसाललाई स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार रहेका छन्। उनीहरूलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको आयोग स्रोतले जनाएको छ।

बालेन शाहले सामाजिक सञ्जालमार्फत दिएका अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। उजुरीमा उनले प्रमाण वा अदालतको निर्णयबिनै ‘७६ जना बच्चाको हत्यारा’, ‘आतंकवादी’, ‘देश जलाउने’ जस्ता शब्द प्रयोग गर्दै गम्भीर, तथ्यहीन तथा मानहानिकारक आरोप लगाएको उल्लेख छ। साथै, एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहसको सन्दर्भमा बालेनले दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको दाबी उजुरीमा गरिएको छ।

त्यस्तै, एमाले सचिव महेश बस्नेतविरुद्ध पनि उजुरी परेको छ। बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई बस्नेतले अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। आयोगमा परेको उजुरीमा उनको अभिव्यक्तिले मधेसी समुदायलाई अपमानित गर्ने खालको घृणाजन्य टिप्पणी गरेको दाबी गरिएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङमाथि निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको तथा टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको हो। ‘आज उहाँलाई स्पष्टीकरणको पत्र पठाइएको छ,’ आयोग स्रोतले जनाएको छ।

यसैगरी, स्वतन्त्र उम्मेदवार निकोलस (कमल) भुसालले दुईवटा चुनाव चिह्न प्रयोग गरी प्रचार गरेको पाइएपछि आयोगले चुनाव चिह्नसम्बन्धी विषयमा स्पष्टीकरण मागेको हो। उनले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न’ भनेर प्रचार गरेको आयोगले जनाएको छ।

आयोगले यस पटक जम्मा सात वटा स्पष्टीकरण सोधेको जनाएको छ। तीमध्ये जानुका पाठकलाई उम्मेदवारमाथि ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको छ। साथै, स्वास्थ्य स्वयंसेवक संघले आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको र शिक्षक सरुवासम्बन्धी विषयमा पनि छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।