१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सबै वर्ग र समुदायको सक्रिय समावेशिता बिना सङ्गठन चल्न नसक्ने भएकाले यसतर्फ सबै सम्वेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गुटगत राजनीतिले गर्दा पार्टीमा स्थापित नेताले पनि पराजय भोग्नुपरेको उल्लेखगर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य अर्यालले आर्थिक विकास र समृद्धिका लागि कांग्रेसले मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित भएर योजना बनाउने बताउँदै कांग्रेसको बहुमतको सरकार बनेमा मुलुकको आर्थिक विकास, सुशासन र रोजगार सिर्जना हुने दाबी गर्नुभयो ।