१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन शैलीको ‘यल दरवार भेन्यू’उद्घाटन



अ+ अ-

बलराम प्यासी, ललितपुर । ललितपुर महानगरपालिकावडा नं ९ शंखमुलपुलनजिकनिर्माण गरिएको प्राचीनमल्लकालीन दरवार शैलीको‘यल दरवार भेन्यू’ (पार्टी प्यालेस) को शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उद्घाटन गरेका छन् ।

ललितपुर महानगरपालिका ९ गछेंटोलकापाँचजनामहर्जन युवाव्यवसायीहरुले चारतारे होटलस्तरको सो ‘यल दरवार भेन्यू’खोलेकाहुन् ।यल दरवारको अर्थ नेपालीमा ‘पाटन दरवार’हो ।परम्परागतमौलिककला, संस्कृतिर सम्पदाको संरक्षण समेत गर्ने उद्धेस्यले खोलिएको यल दरवार सम्पदा र संस्कृति प्रेमी स्वेदशीविदेशीहरुको लागि समेत आर्कषण र चासोको विषयबन्दै आएको छ ।
यसै वर्षको बैसाख ७ गते जगपुजागरि १३ गतेदेखि निर्माण कार्य थालेको यल दरवार भेन्यू ६ महिनामै निर्माण सम्पन्नगरिअनौपचारिक रुपमाकार्तिक २९ देखि सेवा शुरु गरिसकेको थियो ।
यल दरवारको औपचारिक उद्घाटन गर्दै राज्यमन्त्रीमानन्धरले यल दरवारको निर्माणले मल्लकालीनप्राचीनइतिहासलाई जीवन्त राख्न सफलभएको बताए । राज्यमन्त्रीमानन्धरले सरकारको ‘सम्वद्ध नेपाल, सुखी नेपाली’नारालाई सफलपार्न यल दरवारले नयाँ रोजगारीको सिर्जनागर्नुको साथै मुलुकको आर्थिक र पर्यटन विकासमा समेत टेवापुग्ने बताए ।

त्यस अवसरमा राज्यमन्त्रीमानन्धरले यल दरवार भेन्यूकासल्लाहकारहरु तीर्थलालमहर्जन, रामकृष्ण चित्रकार र राम डंगोलका साथै अध्यक्ष रविमहर्जन, प्रवन्ध सञ्चालक सुनिलमहर्जन तथा सञ्चालकहरु विकास महर्जन, राकेश महर्जन र विनोद महर्जनलाई पनिसम्मानगरे ।

यल दरवार भेन्यूको भवनपुजा र उद्घाटन कार्यक्रममाबोल्दै संस्कृतिवीद् एवम् शताव्दिवाङ्गमयपुरुष डा.सत्यमोहनजोशीले ललितपुरको ज्यापु प्रज्ञा भवन र प्राचीनमल्लकालीनशैलीमानिर्माण गरिएको यल दरवार भेन्यूले ललितपुरको मात्रै नभई सिंगो मुलुकको गौरवको विषयभएको बताए । वागमती सभ्यताको विकाससंगैवागमतीकिनारमायल दरवार बनाउने युवाव्यवसायीहरुको योगदानको पनि डा.जोशीले प्रशंसा गरे ।
उद्घाटन समारोहमा यल दरवार भेन्यू प्रालि.काअध्यक्ष रविमहर्जनले काठमाडौं उपत्यकाभरिमैउत्कृष्ट सेवादिने उदेश्यले यल दरवारको निर्माण गरिएको उल्लेख गर्दै काठमाडौं उपत्यकामा सञ्चालित पार्टी प्यालेसहरुको पनितारे होटेलहरुको जस्तै ‘स्टार रेटिङ्ग’गरिनुपर्ने माग गरे । उनले यल दरवारबाट प्राप्तहुने नाफाको एक प्रतिशत रकम भैपरि आउने र सामाजिककार्यको लागिखर्च गरिने पनि प्रष्ट पारे ।

कार्यक्रममा संघीय सांसद कृष्णलाल महर्जन र ललितपुर महानगरपालिकाकाप्रमुखचिरीबाबु महर्जनले यल दरवार खोल्ने ललितपुरका ५ जनामहर्जन युवाव्यवसायीको प्रशंसा गर्दै ६ महिनामै यत्रो दरवारको स्थापनागर्नु अनुकरणीय र उदाहरणीय कार्य भएको बताए ।
यल दरवार भेन्यू प्रालिकाप्रवन्ध सञ्चालक सुनिलमहर्जनले कार्यक्रममा सहभागीएकहजारभन्दा बढी अतिथिलाईधन्यवाददिएकाथिए ।

तेलिया इँटा, दाँचि इँटा जस्ता परम्परागतकलात्मक बुट्टे इँटामा चुनासुर्कीको प्रयोग गरिप्रायःलोप भईसकेको झिंगटी, पुराना शैलीका काठका झ्याल ढोका, काठ र फलामको प्रयोग गर्दै मल्लकालीनप्राचीन दरवारको शैलीमा सो यल दरवार भेन्यूबनाइएको हो । एकैपटकमा१ हजार ५००जनाअतिथि अटाउनसक्ने मुख्यहल र तीनवटा सेमिनार हल रहेको सो दरवार भेन्यूमाउचितमुल्यमाताजा र स्वस्थकर खाना, नेवारी सुकुलभोज समेतको व्यवस्था, खुल्ला र रमणीय वातावरण, एकसय पचासवटासम्म गाडी पार्किङ्ग गर्न मिल्ने पार्किङ्गस्थल, केटाकेटीका लागिखेलमैदान, अपाङ्ग र जेष्ठ नागरिकहरुकालागिविद्युतिय भर्याङ्ग (स्केलेटेर) को व्यवस्थागरिएको छ । यसअघि कुनैपनिपार्टी प्यालेस र तारे होटेलमालिफ्टको व्यवस्थागरिएतापनि स्केलेटरको प्रयोग गरिएको छैन ।

करीव १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त यल दरवार भेन्यूमाकामगर्ने कर्मचारीको सामान राख्नको लागिअलग÷अलग लकरको सुविधा, खानापकाउनुअघि र काम गरेर फर्किने बेलामानुहाउने सुविधा, रातीअवेरसम्मकामगर्नेकर्मचारीकालागिआवासको सुविधाको साथै कार्यस्थलमामोवाइलफोनको प्रयोग गर्न नपाइने नियमसमेत राखिएको छ । यसो गर्दा खानापकाउने र खानाखाने ठाउँ पुर्णरुपमा स्वस्थकरर सफाहुने र कर्मचारीहरु आफ्नो काममादत्तचित्तहुने दरवार प्रशासनको दावी छ ।

यल दरवारले भोजको लागि ठाउँ र स्वस्थकरताजाखानामात्रै व्यवस्थागर्दैन, साथसाथैपास्नी, व्रतवन्ध, विहे, बर्थडे, म्यारिज एनिभर्सरी, जंकु लगायतजुनसुकै औपचारिक कार्यक्रमको लागिआवश्यक पर्ने सम्पुर्ण व्यवस्थापनिमिलाउने गरी ‘इभेन्ट म्यानेजमेण्ट’को समेत कार्य गर्ने बताइएको छ ।