१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राचीन शैलीको ‘यल दरवार भेन्यू’उद्घाटन



अ+ अ-

बलराम प्यासी, ललितपुर । ललितपुर महानगरपालिकावडा नं ९ शंखमुलपुलनजिकनिर्माण गरिएको प्राचीनमल्लकालीन दरवार शैलीको‘यल दरवार भेन्यू’ (पार्टी प्यालेस) को शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उद्घाटन गरेका छन् ।

ललितपुर महानगरपालिका ९ गछेंटोलकापाँचजनामहर्जन युवाव्यवसायीहरुले चारतारे होटलस्तरको सो ‘यल दरवार भेन्यू’खोलेकाहुन् ।यल दरवारको अर्थ नेपालीमा ‘पाटन दरवार’हो ।परम्परागतमौलिककला, संस्कृतिर सम्पदाको संरक्षण समेत गर्ने उद्धेस्यले खोलिएको यल दरवार सम्पदा र संस्कृति प्रेमी स्वेदशीविदेशीहरुको लागि समेत आर्कषण र चासोको विषयबन्दै आएको छ ।
यसै वर्षको बैसाख ७ गते जगपुजागरि १३ गतेदेखि निर्माण कार्य थालेको यल दरवार भेन्यू ६ महिनामै निर्माण सम्पन्नगरिअनौपचारिक रुपमाकार्तिक २९ देखि सेवा शुरु गरिसकेको थियो ।
यल दरवारको औपचारिक उद्घाटन गर्दै राज्यमन्त्रीमानन्धरले यल दरवारको निर्माणले मल्लकालीनप्राचीनइतिहासलाई जीवन्त राख्न सफलभएको बताए । राज्यमन्त्रीमानन्धरले सरकारको ‘सम्वद्ध नेपाल, सुखी नेपाली’नारालाई सफलपार्न यल दरवारले नयाँ रोजगारीको सिर्जनागर्नुको साथै मुलुकको आर्थिक र पर्यटन विकासमा समेत टेवापुग्ने बताए ।

त्यस अवसरमा राज्यमन्त्रीमानन्धरले यल दरवार भेन्यूकासल्लाहकारहरु तीर्थलालमहर्जन, रामकृष्ण चित्रकार र राम डंगोलका साथै अध्यक्ष रविमहर्जन, प्रवन्ध सञ्चालक सुनिलमहर्जन तथा सञ्चालकहरु विकास महर्जन, राकेश महर्जन र विनोद महर्जनलाई पनिसम्मानगरे ।

यल दरवार भेन्यूको भवनपुजा र उद्घाटन कार्यक्रममाबोल्दै संस्कृतिवीद् एवम् शताव्दिवाङ्गमयपुरुष डा.सत्यमोहनजोशीले ललितपुरको ज्यापु प्रज्ञा भवन र प्राचीनमल्लकालीनशैलीमानिर्माण गरिएको यल दरवार भेन्यूले ललितपुरको मात्रै नभई सिंगो मुलुकको गौरवको विषयभएको बताए । वागमती सभ्यताको विकाससंगैवागमतीकिनारमायल दरवार बनाउने युवाव्यवसायीहरुको योगदानको पनि डा.जोशीले प्रशंसा गरे ।
उद्घाटन समारोहमा यल दरवार भेन्यू प्रालि.काअध्यक्ष रविमहर्जनले काठमाडौं उपत्यकाभरिमैउत्कृष्ट सेवादिने उदेश्यले यल दरवारको निर्माण गरिएको उल्लेख गर्दै काठमाडौं उपत्यकामा सञ्चालित पार्टी प्यालेसहरुको पनितारे होटेलहरुको जस्तै ‘स्टार रेटिङ्ग’गरिनुपर्ने माग गरे । उनले यल दरवारबाट प्राप्तहुने नाफाको एक प्रतिशत रकम भैपरि आउने र सामाजिककार्यको लागिखर्च गरिने पनि प्रष्ट पारे ।

कार्यक्रममा संघीय सांसद कृष्णलाल महर्जन र ललितपुर महानगरपालिकाकाप्रमुखचिरीबाबु महर्जनले यल दरवार खोल्ने ललितपुरका ५ जनामहर्जन युवाव्यवसायीको प्रशंसा गर्दै ६ महिनामै यत्रो दरवारको स्थापनागर्नु अनुकरणीय र उदाहरणीय कार्य भएको बताए ।
यल दरवार भेन्यू प्रालिकाप्रवन्ध सञ्चालक सुनिलमहर्जनले कार्यक्रममा सहभागीएकहजारभन्दा बढी अतिथिलाईधन्यवाददिएकाथिए ।

तेलिया इँटा, दाँचि इँटा जस्ता परम्परागतकलात्मक बुट्टे इँटामा चुनासुर्कीको प्रयोग गरिप्रायःलोप भईसकेको झिंगटी, पुराना शैलीका काठका झ्याल ढोका, काठ र फलामको प्रयोग गर्दै मल्लकालीनप्राचीन दरवारको शैलीमा सो यल दरवार भेन्यूबनाइएको हो । एकैपटकमा१ हजार ५००जनाअतिथि अटाउनसक्ने मुख्यहल र तीनवटा सेमिनार हल रहेको सो दरवार भेन्यूमाउचितमुल्यमाताजा र स्वस्थकर खाना, नेवारी सुकुलभोज समेतको व्यवस्था, खुल्ला र रमणीय वातावरण, एकसय पचासवटासम्म गाडी पार्किङ्ग गर्न मिल्ने पार्किङ्गस्थल, केटाकेटीका लागिखेलमैदान, अपाङ्ग र जेष्ठ नागरिकहरुकालागिविद्युतिय भर्याङ्ग (स्केलेटेर) को व्यवस्थागरिएको छ । यसअघि कुनैपनिपार्टी प्यालेस र तारे होटेलमालिफ्टको व्यवस्थागरिएतापनि स्केलेटरको प्रयोग गरिएको छैन ।

करीव १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त यल दरवार भेन्यूमाकामगर्ने कर्मचारीको सामान राख्नको लागिअलग÷अलग लकरको सुविधा, खानापकाउनुअघि र काम गरेर फर्किने बेलामानुहाउने सुविधा, रातीअवेरसम्मकामगर्नेकर्मचारीकालागिआवासको सुविधाको साथै कार्यस्थलमामोवाइलफोनको प्रयोग गर्न नपाइने नियमसमेत राखिएको छ । यसो गर्दा खानापकाउने र खानाखाने ठाउँ पुर्णरुपमा स्वस्थकरर सफाहुने र कर्मचारीहरु आफ्नो काममादत्तचित्तहुने दरवार प्रशासनको दावी छ ।

यल दरवारले भोजको लागि ठाउँ र स्वस्थकरताजाखानामात्रै व्यवस्थागर्दैन, साथसाथैपास्नी, व्रतवन्ध, विहे, बर्थडे, म्यारिज एनिभर्सरी, जंकु लगायतजुनसुकै औपचारिक कार्यक्रमको लागिआवश्यक पर्ने सम्पुर्ण व्यवस्थापनिमिलाउने गरी ‘इभेन्ट म्यानेजमेण्ट’को समेत कार्य गर्ने बताइएको छ ।