१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी साेमबार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणका क्रममा । तस्बिर : प्रदीपराज वन्त/रासस
अ अ+ अ-

भक्तपुर। आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ आजदेखि सुरु भएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो । उहाँलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ आज सम्पन्न भएको छ । आजैदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु भएको छ । आगामी १५ दिनभित्र सबै मतपत्र छपाई हुनेछ । आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको छ ।”

निर्वाचन आयोगबाट निर्वाचन क्षेत्र, निर्वाचन स्थल र केन्द्रमा पठाउने मतपत्र छिटोभन्दा छिटो विभिन्न साधनहरुबाट पठाउने काम हुन लागेको जानकारी दिँदै उहाँले मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी करिब पूरा भएको बताउनुभयो ।

भण्डारीले एक करोड ८९ लाख तीन हजार ६८९ मतदातालाई मतदानका लागि १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै संवेदनशील हुनुपर्ने बताउनुभयो । यसअघि जनक शिक्षाले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो । रासस