३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार
अ+ अ-

काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरका मुद्दा बोकेर आगामी प्रतिनिधीसभा निर्वाचनमा चार यातायात व्यवसायी उम्मेदवार बन्नुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार व्यवसायीले उम्मेदवारी दिनुभएको हो ।

महासङ्घका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले कैलाली क्षेत्र नं २, पश्चिम नेपाल यातायात व्यवसायी कम्पनीका विष्णु खड्काले सुर्खेत क्षेत्र नं १, वरिष्ठ व्यवसायी भागवतप्रकाश मल्लले स्याङ्जा क्षेत्र नं २ र कर्णाली यातायातका रमेश सापकोटाले सुर्खेत क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएको छ । जसमध्ये स्वाँर, खड्का र मल्ल नेपाली कांग्रेसबाट र सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रको नेतृत्व गर्दै नीति निर्माणको तहमा पुग्न चार जना व्यवसायी उम्मेदवार बनेको बताउनुभयो ।

नीति निर्माण तहमा प्रतिनिधित्व नभएका कारण ठूलो लगानी र आर्थिक समृद्धिको बलियो आधार भए पनि यातायात क्षेत्र व्यवस्थित बनाउन हस्तक्षप हुन नसकेको उहाँको बुझाइ छ ।