१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बर्तौलाले १०४ वर्षीया कालीमायाको हातबाट टीका–खादा ग्रहण गर्दै चुनावी अभियान सुरु गरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार महेश बर्तौलाले १०४ वर्षीया आमा कालीमाया मोक्तानको हातबाट टीका र खादा ग्रहण गर्दै आजदेखि औपचारिक रूपमा आफ्नो चुनावी अभियानको सुरुआत गरेका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नं. ३ मा आयोजित उक्त कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले बर्तौलाको उम्मेदवारीले मकवानपुर क्षेत्रको विकास र समृद्धिमा नयाँ गति दिने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन एकजुट भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए।

उक्त अवसरमा स्थानीय कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूको समेत बाक्लो सहभागिता रहेको थियो।