३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रानाको संयोजकत्वमा मकवानपुर एमालेको निर्वाचन परिचालन समिति गठन

रानाको संयोजकत्वमा मकवानपुर एमालेको निर्वाचन परिचालन समिति गठन
अ+ अ-

हेटौँडा, माघ १२ । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ ।

जिल्ला कमिटीले गठन गरेको निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा प्रदेश निकायका सदस्य, जिल्ला कमिटी, जिल्ला लेखा कमिटी र जिल्ला सल्लाहकार समितिका सदस्यहरू, ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू, पालिका तथा इलाका कमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न जनसंगठनका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरीय पदाधिकारीहरू, स्ववियुमा निर्वाचित पदाधिकारी तथा सदस्यहरू समेटिएका छन् ।

निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनुभएको छ । साथै ७७ सदस्यीय निर्वाचन परिचालन कमिटी सचिवालय समिति पनि गठन गरिएको जिल्ला उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

बैठकले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरेको छ । प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सह–संयोजक नवीन सिग्देल र कमल विष्ट तथा सचिव अनिल बानियाँ रहनुभएको छ । त्यसैगरी प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक भारती पाठक, सह–संयोजक बलराम बल र राजाराम स्याङ्तान तथा सचिव मेम्मर लामालाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी निर्वाचन प्रचार समितिको संयोजक नवीन सिग्देल, अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक समन्वय संयोजक हिदम लामा, जनसांस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन संयोजक आरती पाठक, भूगोल बाहिर रहेका मतदाता समन्वय समिति संयोजक फूर्वा दोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल नियुक्त गरिएको छ । उम्मेदवार फोकल पर्सनका रूपमा प्रतिनिधिसभा १ नं. क्षेत्रमा दिलु घर्ती र २ नं. क्षेत्रमा आशिष अस्लामी तोकिएको छ ।

बैठकले जिल्लाका १० वटै पालिका, २ इलाका कमिटी तथा १ सय २ वडामा निर्वाचन परिचालन समितिका संयोजक, सह–संयोजक र सचिव तोक्ने निर्णयसमेत गरेको छ । माघ महिनाभित्र सबै जनसंगठनका जिल्ला तथा पालिकास्तरमा निर्वाचन सहयोग समिति गठन गर्ने र १० पालिका, २ इलाका तथा १ सय २ वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी कार्य अघि बढाउने निर्णय भएको जिल्ला उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । बैठकमा केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा लगायत प्रदेश कमिटीका नेताहरुको पनि उपस्थिति रहेको थियो ।