९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा



अ+ अ-

महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिीधसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट १२ जना पूर्वमन्त्री चुनावी दौडमा छन् ।

सोह्र निर्वाचन क्षेत्र रहेका सुदूरपश्चिममा प्रमुख राजनीतिक दलले पूर्वमन्त्रीहरूलाई उम्मेदवारका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसक्नुभएका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा हुनुहुन्छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नारायणप्रकाश साउदलाई उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ । उहाँ यसअघि सङ्घीय सरकारमा पटकपटक मन्त्री भइसक्नुभएको छ । साउदबाहेक सुदूरपश्चिममा सबै नयाँ उम्मेदवारलाई अघि सारिएको नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं १ बाट पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावल चुनावी मैदानमा हुनुहुन्छ । सो पार्टीबाटै कैलाली क्षेत्र नं ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं १ मा बीना मगर चुनावी दौडमा छन् । आले र मगर सङ्घीय सरकारका पूर्वमन्त्री हुनुहुन्छ ।

नेकपाले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री भइसक्नुभएका त्रिलोचन भट्टलाई डोटीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । प्रदेश सरकारकै पूर्वमन्त्री प्रकाशबहादुर शाहलाई नेकपाले बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । नेकपाबाटै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका मानबहादुर सुनार प्रवेश राज्यमन्त्री भइसक्नुभएको छ ।

नेकपा (एमाले) बाट पूर्वमन्त्रीहरू सुदूरपश्चिमबाट आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार हुनुहुन्छ । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा (एमाले) का नेता गणेशसिंह ठगुन्ना, बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारी सङ्घीय सरकारका पूर्वमन्त्री हुनुहुन्छ । कैलाली निर्वाचन क्षेत्र नं। ४ मा पूर्वमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट आसन्न निर्वाचनको उम्मेदवार हुनुहुन्छ । कैलाली–३ का गौरीशङ्कर चौधरी पूर्वसङ्घीय मन्त्री भइसकेको नेकपा (एमाले) सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो ।

एमालेबाटै अछाम क्षेत्र नं १ मा उम्मेदवार बनाइएका झपटबहादुर बोहरा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री हुनुहुन्छ । सचिव चन्दले डोटीमा जेनजी पुस्ताको प्रतिनिधित्व गराउँदै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई उम्मेदवारका रूपमा मैदानमा उतारिएको जानकारी दिनभुयो ।

उहाँले भन्नुभयो, “एमाले सबैतिर चुनावी सभा/भेलाहरू व्यवस्थित गर्दै जाने तयारीमा छ ।” सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने प्रारम्भिक आँकलन गरिएको छ ।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा १६ वटा निर्वाचन क्षेत्रबाट २०६ जना चुनावी मैदानमा रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।