१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’
फाइल फोटो
अ अ+ अ-

गण्डकी। पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा सम्लग्न छन् ।

पछिल्ला वर्षमा मौरीपालनतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।

महानगरभित्रका वडामध्ये विशेषतः १६, १८, २०, २३, २६, २८, ३०, ३३ लगायतका वडामा मौरीपालनतर्फ आकर्षण बढिरहेको छ । महानगरभित्र हाल वार्षिक ९० टन जति मह उत्पादन हुने गरेको बताउँदै उहाँले त्यो बढ्दो क्रममा रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुुसार महानगर क्षेत्रमा विशेषतः सेरेना जातका मौरीपालन गर्ने गरिएको छ । “बजारमा महको माग बढ्दो छ, उत्पादन गर्न सकेमा बजारको समस्या छैन”, उहाँले भन्नुुभयो, “यस क्षेत्रमा मह उत्पादनको सम्भावना राम्रो भएका कारण आयआर्जनको महत्वपूर्ण विकल्प बन्ने देखिन्छ ।”मौरीपालनबाट अन्य कृषिजन्य उत्पादनमा पनि फाइदा पुग्ने उहाँले बताउनुुभयो ।

पछिल्ला समयमा मौरीपालन व्यवसायलाई व्यावसायिक बनाउनका लागि समय समयमा विभिन्न किसिमका तालिम पनि प्रदान गर्दै आइएको छ । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको आयोजना तथा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको समन्वयमा यहाँका किसानलाई आइतबारदेखि ६५ दिने मौरीपालक तह – १ तालिम दिन सुरु गरिएको छ ।

पोखरा महानगरपालिका–२६ लेखनाथ ढलेपिपल कृषि सेवा केन्द्रमा तालिमको सुरुआत गरिएको शाखा प्रमुख कडरियाले जानकारी दिनुुभयो । तालिममा महानगर क्षेत्रका २० अगुवा किसान सहभागी बन्नुुभएको उहाँले बताउनुुभयो । रासस