१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर

भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भँैंसीपालनतर्फ आकर्षित भएका छन् ।

दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ । उहाँले दैनिक नौ लिटर दूध उत्पादन गर्नुहुन्छ।

जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७० का दरले दूध बेचेर उहाँले दैनिक रु चार सय ९० र मासिक रु १४ हजार सात सय आम्दानी गर्दै आउनुभएको छ ।

“दूध बिक्रीबाट आएको पैसाले नून, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,” चौधरीले भन्नुभयो, “बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।” भँैंसीलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उहाँ आफैँ सम्हाल्नुहुन्छ ।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पाल्नुभएको छ । दैनिक छ लिटर दूध डेरीमा पु¥याउने राना भन्नुहुन्छ, “भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।” सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताउनुभयो ।

पहिले दूध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारु समुदायका व्यक्तिको सङख्या बढ्दो छ ।

“पहिले एक–दुई जना मात्रै दूध बिक्रीका लगि आउनुहुन्थ्यो, अहिले ३० जनाभन्दा बढीले नियमित दूध बिक्री गरिरहनुभएको छ,” हमालले भन्नुभयो ।व्यावसायिक भैँसीपालनले थारु समुदायका विपन्न अवस्थाका परिवारलाई आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन र अन्य व्यापार व्यवसायमा लगानी गर्नसमेत सक्षम बनाएको छ । थारु समुदायमा फैलिएको यो उत्साहले स्थानीयस्तरमा स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेको हमाल बताउनुहुन्छ ।

“दुध बिक्री गर्न आउने थारु समुदायका व्यक्तिहरुलाई हामीले पनि प्रोत्साहित गर्दै आएका छौँ” उहाँले भन्नुभयो, “दूधको गुणस्तर अनुसारको मूल्य हातोहात दिने गरेका छौँ ।” रासस