१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

युरोपेली सङ्घका अध्यक्ष भारतमा

युरोपेली सङ्घका अध्यक्ष भारतमा
अ अ+ अ-

नयाँदिल्ली।  युरोपेली सङ्घ (इयू) र नयाँ दिल्लीबीच स्वतन्त्र व्यापार सम्झौताको प्रयास भइरहेका बेला युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा आइतबार भारत आइपुग्नुभएको छ।

कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन भारतमा यस वर्षको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुनुहुनेछ । भारत भ्रमणका समय युरोपेली नेताहरूले सबै सहमतिको जननी भनिने सम्झौतामा हस्ताक्षर गर्ने विश्वास गरिएको छ।

इयू परिषद्ले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा भनेको छ, “भारत र इयूबीच मङ्गलबार हुने १६ औं शिखर सम्मेलनका लागि परिषद्का अध्यक्ष कोस्टा नयाँ दिल्लीमा रहनुभएको छ।”

“शिखर सम्मेलन इयू–भारत रणनीतिक साझेदारी निर्माण गर्न र प्रमुख नीतिगत क्षेत्रहरूमा सहयोगलाई अझ बलियो बनाउने अवसर हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश भारत यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ।

इयूले भारतलाई भविष्यको लागि एक महत्वपूर्ण बजारको रूपमा हेर्दै छ भने नयाँ दिल्लीले युरोपेली समूहलाई यसको पूर्वाधारलाई द्रुत रूपमा विस्तार गर्न र आफ्ना जनताका लागि लाखौँ नयाँ रोजगारी सिर्जना गर्न अति आवश्यक प्रविधि र लगानीको महत्त्वपूर्ण स्रोतको रूपमा हेर्छ ।

“हामी ऐतिहासिक व्यापार सम्झौताको सङ्घारमा छौँ,“ शिखर सम्मेलनअघि लेयनले भन्नुभयो । पछिल्लो दशकमा करिब ९० प्रतिशतले वृद्धि भएको द्विपक्षीय वस्तुको व्यापार सन् २०२४ मा १२० अर्ब युरो (१३९ अर्ब डलर) पुगेको थियो भने सेवातर्फको कारोबार ६९ अर्ब डलर पुगेको छ।

यो सम्झौता ब्रसेल्स र नयाँ दिल्लीका लागि ठूलो जीत हुनेछ, किनकि दुवैले अमेरिकी अतिरिक्त कर वृद्धि र चिनियाँ निर्यात नियन्त्रणको सामना गर्दै नयाँ बजार खोल्न खोजेका छन्।

युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कलासले बुधबार भन्नुभयो, “युरोपेली सङ्घ र भारत नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था अभूतपूर्व दबाबमा रहेका बेला युद्ध, हस्तक्षेप र आर्थिक विखण्डनका कारणसँगै अघि बढिरहेका छन् ।

छलफलसँग परिचित व्यक्तिहरूका अनुसार स्टिल निर्यातमा इयूको कार्बन सीमा करको प्रभाव र औषधि र मोटर वाहन क्षेत्रमा सुरक्षा र गुणस्तर मापदण्डहरू सहित केही नसल्टिएको बिन्दुहरूमा केन्द्रित वार्ता अझै जारी छ।

नयाँ दिल्लीले प्रमुख सैन्य सामानका लागि दशकौँदेखि मस्कोमा निर्भर रहेको छ, हालैका वर्षहरूमा आयातको विविधीकरण गरेर र आफ्नै घरेलु उत्पादन आधार बढाएर रूसमाथिको आफ्नो निर्भरता कम गर्ने प्रयास गरेको छ । युरोपले अमेरिकाको सन्दर्भमा पनि त्यस्तै गरिरहेको छ।  (रासस/एएफपी)