१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
अ अ+ अ-

ढाका। बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा सार्वजनिक सम्बोधन गर्न अनुमति दिएकोमा आफू ‘आश्चर्यचकित’ र ‘स्तब्ध’ भएको बताएको छ ।

बङ्गलादेशमा गत बर्ष विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले उत्कर्ष रूप लिएपछि प्रधानमन्त्रीको कार्यालयमा आक्रमण गर्न अघि बढेपछि पूर्वप्रधानमन्त्री हसिनाले निकटस्थ केही सदस्यसहित सेनाको सहयोगमा हेलिकोप्टरमार्फत् भारतमा शरण लिन पुग्नुभएको थियो ।

सन् २०२४ अगष्टमामा आफ्नो १५ वर्षे शासन अन्त्य गरेपछि ७८ वर्षीया हसिना छिमेकी देश भारततर्फ भाग्नुभएको थियो । उहाँले शुक्रबार खचाखच भरिएको प्रेस क्लबमा अडियो सम्बोधन गर्दै पहिलो पटक सार्वजनिक मन्तव्य दिनुभएको छ।

ढाकास्थित एक अदालतले उहाँलाई नोभेम्बरमा उहाँको अनुपस्थितिमा ज्यान मार्न आदेश जारी गरेको र अत्याचार रोक्न अकर्मण्यताको सजाय सुनाएको थियो।

ढाकाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशले आम हत्याको लागि दोषी ठहर गरिसकेका पूर्वप्रधानमन्त्री हसिनालाई भारतीय राजधानीमा खुलेआम घृणा फैलाउने भाषण गर्न दिनु बङ्गलादेशका जनता र सरकारको स्पष्ट अपमान हो।”

“यसबाट बङ्गलादेशको सरकार र जनता आश्चर्यचकित र स्तब्ध भएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

हसिनालाई भारतीय भूमिमा सम्बोधन गर्न दिनुले ‘खतरनाक नजिर’ स्थापित गर्ने र यसले ‘द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा बिगार्न सक्ने’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक उथलपुथलपछि पहिलो पटक नयाँ सरकारको नेतृत्व छान्न बङ्गलादेशका मतदाताले फेब्रुअरी १२ मा मतदान गर्दैछन् ।

हसिनाले शुक्रबारको आफ्नो अडियो सम्बोधनमा अन्तरिम नेता मोहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशले कहिल्यै पनि स्वतन्त्र र निष्पक्ष निर्वाचन अनुभव नगर्ने बताउनुभएको थियो ।

प्रत्यक्ष प्रसारण गरिएको सम्बोधनलाई प्रत्यक्षरूपमा नै एक लाखभन्दा बढी मानिसहरूले हेरेका थिए भने पछि यसलाई विभिन्न सामाजिक सञ्जालमार्फत् थप व्यापक बनाइएको थियो ।

बङ्गलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरेको छ, तर नयाँ दिल्लीले भने यस अनुरोधबारे कुनै टिप्पणी गरेको छैन।

हसिनालाई भारतले विगतमा गरेको समर्थनले उहाँलाई सत्ताच्युत गरिएयता दुई दक्षिण एसियाली छिमेकीहरूबीचको सम्बन्ध चिसिएको छ।(रासस/एएफपी)