९ असार २०८३, मंगलवार
,
Latest
‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व कुष्ठरोगीको सङ्ख्या शून्यमा झार्न सचेतना आवश्यक



फाइल फोटो
अ+ अ-

धनुषा। कुष्ठरोगीको सङ्ख्या शून्यमा झार्न सचेतना आवश्यक रहेकामा जोड दिइएको छ ।

आज यहाँ जनकपुरधाममा ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा स्वास्थ्य कार्यालयद्वारा आयोजित कार्यक्रममा  स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका कुष्ठरोग अधिकृत राजवीर यादवले कुष्ठरोगको अवस्था, लक्षण, उपचार तथा रोकथामका उपायबारे जानकारी गराउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा नयाँ कुष्ठरोगीको दर आठ दशमलव १६ रहेको छभने मधेस प्रदेशमा उक्त दर १३ दशमलव ६७ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो ।

यस्तै, प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप दर नेपालमा शून्य दशमलव ८८ र मधेस प्रदेशमा एक दशमलव २८ रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो । नयाँ बिरामीमध्ये ०–१४ वर्ष उमेर समूहका बालबालिकाको अनुपात नेपालमा तीन दशमलव ७८ प्रतिशत र मधेस प्रदेशमा चार दशमलव ६७ प्रतिशत रहेको जानकारी दिइयो ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार नयाँ बिरामीमध्ये असमर्थताको तह–२ भएका बिरामीको अनुपात नेपालमा छ दशमलव ३९ प्रतिशत र मधेस प्रदेशमा छ दशमलव ७७ प्रतिशत रहेको छ । यद्यपि, मधेस प्रदेशमा ०–१४ वर्ष उमेर समूहका तह–२ असमर्थता भएका नयाँ बिरामी शून्य रहेको जनाइएको छ । नयाँ बिरामीमध्ये महिलाको अनुपात नेपालमा ४२ दशमलव ०१ प्रतिशत र मधेस प्रदेशमा ४४ दशमलव ११ प्रतिशत रहेको छ भने एमबी (मल्टिबेसिलरी) बिरामीको अनुपात नेपालमा ८१ दशमलव १५ र मधेस प्रदेशमा ६९ दशमलव ६६ प्रतिशत रहेको बताइयो ।

यसैगरी, आव २०८१/८२ मा नेपालभर दुई हजार ४०९ नयाँ कुष्ठरोगी पत्ता लागेका छन्भने मधेस प्रदेशमा ८५७ जना नयाँ बिरामी फेला परेका छन् । आवको अन्त्यसम्म नेपालमा दुई हजार ६०८ र मधेस प्रदेशमा ८०५ बिरामी उपचारमा रहेका छन् । नयाँ बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका नेपालमा ९९ र मधेस प्रदेशमा ४० जना रहेका छन् । तह–२ असमर्थता भएका नयाँ बिरामीको सङ्ख्या नेपालमा १५४ र मधेस प्रदेशमा ५८ रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेशकुमार यादवले कुष्ठरोग न्यूनीकरणका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले समयमै रोग पहिचान र उपचार सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अरविन्द साहले प्रशिक्षक प्रशिक्षण दिनुभएको थियो भने मनोज साहले कुष्ठरोगविरुद्ध सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राख्नुभयो । रासस