१६ असार २०८३, मंगलवार
,
Latest
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौँ’



अ+ अ-

काठमाडौँ। सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका छन्  ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर–नेपाल) ले आज  यहाँ आयोजना गरेको ‘मिथ्या सूचनाविरुद्ध काठमाडौँ सम्मेलन’ मा विज्ञहरूले मिथ्या सूचना फैलउन सुरु भएको र त्यसले जनमतलाई पार्न सक्नेतर्फ सचेत रहनुपर्ने औँल्याएका छन् ।

सम्मेलनमा वक्ता तथा अध्येताहरूले मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक रहेको बताएका हुन् ।

मणिपाल एकेडेमी अफ हायर एजुकेसनकी प्रा डा पद्मा रानीले प्रविधि र पहुँचले गर्दा सही सूचना र मिथ्या सूचनाबीचको अन्तर थाहा पाउन जटिल भएको बताउनभुयो । उहाँले सामाजिक सञ्जालका साथै मूलधारका मिडियाबाट समेत मिथ्या सूचना आउने गरेकाले त्यसविरुद्ध सरोकार भएका सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका कार्यवाहक डिन डा वामदेव अधिकारीले सोसल मिडियामार्फत ‘डिजिटल वार’ भइरहेको उल्लेख गर्दै  सत्यतथ्य सूचना पहिचान गर्न र आलोचनात्मक ढङ्गले हेर्न जरुरी  रहेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा कुन्दन अर्यालले मिडियाको परिदृश्य परिवर्तन भएको बताउनुभयो । उहाँले प्रविधि र सामग्रीले जनमत प्रभावित हुने भएकाले मिडियाले समाजको बृहत्तर हित हेर्नुपर्ने धारणा राख्नुभयो ।

सिएमआर–नेपालका अध्यक्ष नवीन खतिवडाले हालको परिवेशमा मिथ्या र सत्य सूचना के हो भन्ने अन्योल भएकाले यस विषयमा हुने छलफल र सम्मेलनले त्यसको पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञ डा धिरेन्द्र नाल्बोले मिथ्या सूचनाले हरेक क्षेत्रमा चुनौती थपेको बताउनुभयो । उहाँले निर्वाचनका बेला निर्वाचन अभियान र ‘प्रोपागाण्डा’सँगै मिथ्या सूचना आउने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको बताउनुभयो ।

सञ्चारविज्ञ डा विनोद भट्टराईले मिडियाको प्रयोग गर्ने शैलीमा व्यापक परिवर्तन भएको उल्लेख गर्दै तथ्यमा आधारित जनचाहनाका विषयलाई प्राथमिकता नदिने हो भने पत्रकारिता अझ बढी सङ्कुचित हुने बताउनुभयो ।

सम्मेलनमा कर्णाली प्रदेशमा मिथ्या सूचनाको प्रभाव, मिथ्या सूचनाबारे जनताको दृष्टिकोण, जनकपुरका युवामा मिथ्या सूचनाको प्रभाव, मुस्लिम समुदायप्रति मिडियामा हुने गलत भाष्यसम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको थियो  ।

यसैगरी जेनजी आन्दोलनमा ‘डिस्कर्ड’को प्रभाव, समाचार कक्षमा ‘एआई’को प्रयोग, सुरक्षामा सूचना असन्तुलनको प्रभाव, समाचार शाखामा तथ्य परीक्षण, पत्रकारिता शिक्षा र मिथ्या सूचना, मधेस प्रदेशमा सोसल मिडियाको प्रयोग र त्यसका असर, नेपालमा ‘फ्याक्ट चेक’को अवस्था, पत्रकारिताका विद्यार्थीमा मिडिया साक्षरतालगायत विषयमा प्रस्तुतीकरण गरिएका थिए ।

दुईदिने सम्मेलनमा आइतबार मिथ्या सूचनाको प्रतिकार, मिडिया शिक्षाको भूमिका,  जलवायुका विषयमा मिथ्या सूचना र सोसल मिडिया प्लेटफर्महरूको जिम्मेवारीलगायत विषयमा छलफल गरिनाका साथै सोसल मिडियामा सामग्री निर्माताबारे गरिएको अध्ययनको नतिजा प्रस्तुत गरिने जनाइएको छ । रासस