१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै



फाइल फोटो
अ+ अ-

नेपालगन्ज। बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ।  चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् ।

साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।

साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिनुभयो । त्यस बाहेकह थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् ।

“बाँकेमा कुष्ठरोगको प्रभाव दर उच्च रहेकाले यसको न्यूनीकरण सबैको साझा प्रयासमा मात्र सम्भव रहेको छ,” प्रमुख थारुले भन्नुभयो ।

बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।
२४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ । यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।

नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतवार कुष्ठरोग दिवस मनाइँदैछ । रासस