१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक अखण्डताको रक्षा एवं सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षामा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आइरहेको भूमिका प्रसंशनीय रहेको बताउनुभएको छ ।

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित २५औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि अनुशासन, निष्ठा, पेसागत कौशल र उच्च व्यावसायिकताका साथ राष्ट्रसेवामा निरन्तर खटिनु सशस्त्र प्रहरीको परिचय बनेको बताउनुभयो ।

“देशमा चलेको सशस्त्र द्वन्द्वदेखि पछिल्ला दशकमा पूर्वी पहाड, तराई तथा अन्य संवेदनशील क्षेत्रमा देखिएका सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिका स्मरणीय छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

सीमामा खटिएर राष्ट्रिय भूगोलको रक्षा गर्नुका साथै राजस्व सङ्कलनमार्फत राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको उहाँको भनाइ छ ।

“कठिन भौगोलिक अवस्था, जोखिमपूर्ण कार्यक्षेत्र र प्रतिकूल परिस्थितिमा पनि निष्ठाका साथ राष्ट्रसेवामा समर्पित रहनु यस बलको विशेष पहिचान हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सशस्त्र प्रहरीले प्रदर्शन गरेको साहस, सौर्य र पेसागत निष्ठाले नै सङ्गठनलाई जनताको भरोसायोग्य सुरक्षा निकायका रूपमा स्थापित गरेको छ ।”

विगतका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रसंशा गर्दै प्रधानमन्त्री कार्कीले सम्भावित सुरक्षा चुनौतीको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ आसन्न निर्वाचनलाई सफल बनाउन निर्देशन दिनुभयो ।

वर्तमान सङ्क्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न नेपाल सरकारले सम्पूर्ण शक्ति लगाएको उल्लेख गर्दै उहाँले सम्पूर्ण सुरक्षा निकायबीच आवश्यक समन्वय र सहकार्य गरी निर्वाचन सफल पार्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौती, प्रविधिको विकास र नागरिकको अपेक्षालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीलाई अझ सक्षम, पारदर्शी, मानव अधिकारमैत्री र जनमुखी सुरक्षा निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।रासस