१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भोजपुरका ३३ मतदानस्थल अति संवेदनशील

भोजपुरका ३३ मतदानस्थल अति संवेदनशील
अ अ+ अ-

भोजपुर), ९ माघ : आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा ३३ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले ८७ वटा मतदानस्थलहरूमध्ये ३३ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । २० वटा संवेदनशील र ३४ मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।

विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान कार्यक्रमलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले र चार वटै सुरक्षा निकायले सुरक्षा योजना बनाएर काम गरिरहेको छ । निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण समेत गरेको छ ।

भोजपुरमा आसन्न निर्वाचनमा भाग लिन १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भोजपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेरधन राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाली कम्युनिष्ट पार्टीका अजम्बर काङमाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद ओझा, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, नेकपा (माओवादी)का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक नेपाल, राष्ट्रिय परिवर्तन पार्टीका जितेन्द्र राई, नेपाल मजदुर किसान पार्टीका राजाराम बासी, मङ्गोल नेशनल अर्गनाइजेसनका चन्द्रप्रसाद राई र आमजनता पार्टीका तर्फबाट युवराज थापा चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको भोजपुरमा ८७ मतदानस्थल र अस्थायीसहित १६१ वटा मतदान केन्द्र निर्धारण भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख २५ हजार ६६६ जना मतदाता कायम भएका छन् ।रासस