१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण



अ+ अ-

बग्दाद। यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट (जिहादी) समूहका १५० वरिष्ठ बन्दीहरूमध्ये केही कुख्यात अपराधीहरू पनि रहेका बताइएको छ ।

अमेरिकी अपरेशनको एक भागको रूपमा यसै हप्ता उनीहरूलाई इराकमा ल्याइएकोे इस्लामिक स्टेट (आइएस) का दुई इराकी सुरक्षा अधिकारीले शुक्रबार एएफपीलाई जानकारी दिएका छन् ।

एक सुरक्षा अधिकारीले भने, “अमेरिकी सेनाले बुधबार इराकमा स्थानान्तरण गरेको यो समूहमा इस्लामिक स्टेट समूहका सबै नेता र केही कुख्यात अपराधीहरू रहेका थिए । स्रोतले ती अपराधीहरू युरोप, एसिया, अरब र इराक का रहेको बताएको छ।

अर्को सुरक्षा स्रोतका अनुसार इराक स्थानान्तरण गरिएका उक्त समूहमा ८५ जना इराकी र अन्य ६५ जना युरोपेली, सुडानी, सोमालिया र ककेसस क्षेत्रका रहेका छन् । (रासस/एएफपी)