१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नक्कली कर्मचारी नियन्त्रणमा

नक्कली कर्मचारी नियन्त्रणमा
अ अ+ अ-

काठमाडौँ। गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्याङ्क लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिनुभयो । नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी रहेका छन् ।

आफूलाई सक्कली अधिकृतको परिचय दिन आजको दिन उनी निजामती पोसाकमै आएका थिए । परिचयको क्रममा निजले आफू ब्याट–३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका छन् ।

उहाँका अनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाइएको बुझिन्छ । एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटलका बाउन्सरले गृहका तीनै नक्कली अधिकृतसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए ।

नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए ।

उनले निजलाई कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका थिए । नक्कली अधिकृतले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ ।

अध्यागमन विभागको इन्टेलीजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचयपत्रमा कर्मचारी सङ्केत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताउनुभयो ।