९ श्रावण २०८३, शनिबार
,
Latest
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनि प्रमाणपत्र बितरण यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर शिवलिङ्ग नै पहिलो मूर्ति हो ? पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डले टी–२० विश्वकपमा बंगलादेशको स्थान लिने !



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० विश्वकपलाई लिएर बंगलादेशका समस्या लगातार बढ्दै गएका छन् र अब उसको प्रतियोगिताबाट बाहिरिनु लगभग निश्चित जस्तै देखिएको छ।

भारतमा गएर खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को निर्णयविरुद्ध बंगलादेश क्रिकेट बोर्डले (बीसीबी) विवाद समाधान समिति मा दायर गरेको अपिलमाथि सुनुवाइ हुने सम्भावना नरहेको बताइएको छ, किनभने यो विषय समितिको अधिकार क्षेत्रभित्र नपर्ने जनाएको छ।

यस्ता परिस्थितिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले भोलिसम्म बंगलादेशको विकल्पका रूपमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गर्ने औपचारिक घोषणा गर्न सक्ने देखिएको छ।

समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया का अनुसार बंगलादेश क्रिकेट बोर्डले सबै कानुनी विकल्प प्रयोग गर्ने उद्देश्यले अपिल दायर गरेको भए पनि नियमका कारण उसलाई कुनै राहत नपाउने स्पष्ट भएको छ।

बोर्डको भनाइअनुसार यदि यहाँबाट पनि मुद्दा खारेज भए अन्तिम विकल्पका रूपमा खेलसम्बन्धी अन्तर्राष्ट्रिय मध्यस्थता अदालत मात्र बाँकी रहनेछ। उता, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले दिएको २४ घण्टे समयसीमाभित्र बंगलादेशतर्फबाट कुनै आधिकारिक जवाफ नआएकाले स्थिति झन् स्पष्ट भएको छ।

यसअघि बंगलादेश क्रिकेट बोर्डले सुरक्षा कारण देखाउँदै भारत आउन अस्वीकार गरेको थियो। तर थप समय दिइँदा पनि कुनै जवाफ नआएपछि अब अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्नु बाहेक अर्को विकल्प बाँकी नरहेको बताइएको छ।

यसैबीच, बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नजरुलले बिहीबार ढाकामा राष्ट्रिय टोलीका खेलाडीहरूसँग बैठक गरेका छन्। बैठकपछि उनले भने, “हामी विश्वकप खेल्न चाहन्छौँ, तर भारतमा हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूको सुरक्षालाई लिएर चिन्ता अझै कायम छ।”