१७ श्रावण २०८३, आईतवार
,
Latest
आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज



फाइल फोटो
अ+ अ-

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बन्नुभएका नवीन जिसीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज तोकिएको समय बिहान १०ः०० देखि दिउँसो १ः०० बजेभित्रको समयमा जिसीको मात्र उम्मेदवार फिर्ता भएको हो ।

१३ जनाको मनोनयन दर्ता भएकामा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उम्मेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो ।

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदीको उम्मेदवारी कायम छ ।

उहाँका अनुसार नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रव), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मङ्गोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उम्मेदवारी पनि कायमै छ ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिनुभएका डा महावीर पुन म्याग्दीमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । पुनले त्रिभुज चुनाव चिह्न रोज्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् । ८२ मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम छन् । रासस