३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल, सहकमाण्डरहरु कार्की र काफ्ले

अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल, सहकमाण्डरहरु कार्की र काफ्ले
अ+ अ-

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिती गठन गरिएको छ । कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निर्वतमान)हरुलाई जिम्मेवारी दिएको छ ।

कमिटीमा प्रदेश कमिटी सदस्य,प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरुलाई पनि परिचालन कमिटीमा समेटिएको छ । यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा छन् ।

यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधी पनि कमिटीमा रहेका छन् । यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरु पनि निर्वाचन परिचालनमा केन्द्रीत हुनेछन् ।

संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुनुहुन्छ । उहाँ २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुनुहुन्छ । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । संविधान सभाका दुवै निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं ६ मा कार्की विजयी हुनुहुन्थ्यो ।

कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष हुनुहुन्थ्यो । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँ कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भन्नुभयो ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’

निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिती आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।

परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिती मध्ये कार्यलय सञ्चालन उपसमितीको संयोजक नारयाण गौतम, प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिती होमबहादुर थापा, प्रचार प्रसार उपसमितीको संयोजकमा दिपक कार्की रहनु भएको छ ।

आर्थिक व्यवस्थापन उपसमितीको संयोजकमा रोमनाथ ओली,स्वंसेवक परिचालन उपसमितीको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितीको संयोजक देवेन्द्र दाहाल रहनु भएको छ । यसैगरी सञ्चार ÷ क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितीको संयोजकमा इन्द्रप्रसाद भण्डारी, कानुनी परामर्श उपसमितीको संयोजक नारायण भट्टराई रहनु भएको छ ।