१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बालेनले चढेको गाडी कसको हो ?

बालेनले चढेको गाडी कसको हो ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ बाट उम्मेदवार बालेन्द्र शाह (बालेन)ले चढ्ने गाडीलाई लिएर सामाजिक सञ्जालमा चर्को चर्चा सुरु भएको छ।

बिहीबार बेलुकादेखि महँगो (चार करोड) बढी मूल्य पर्ने कालो रंगको ल्यान्ड रोभर डिफेन्डरको तस्बिर व्यापक रूपमा भाइरल भएपछि गाडीको स्वामित्वबारे प्रश्न उठेका हुन्।

सामाजिक सञ्जालमा गाडी बालेनकै हो वा कसैले प्रयोगका लागि दिएको हो भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला उनी भने केही दिनदेखि यही गाडी प्रयोग गर्दै आएका थिए। चुनावी कार्यक्रमका लागि गत आइतबार जनकपुर पुगेका बेला पनि उनी यही गाडीमा देखिएका थिए।

यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार उक्त ल्यान्ड रोभर डिफेन्डर रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवामा अवस्थित त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ। त्रिमूर्ति इन्डस्ट्रिज करेन्ट मसला उत्पादन गर्ने कम्पनी हो, जसका एक लगानीकर्ता कमल मालपानी हुन्।

मालपानीको स्वामित्वमा तिलोत्तमामै यसोदा फुड्स प्रालि पनि रहेको छ, जसले करेन्ट चाउचाउ, लाली चाउचाउ र करेन्ट चिजबल उत्पादन गर्दै आएको छ। त्यस्तै, बुटवल उपमहानगरपालिकामा अवस्थित श्रीराम टोबाको प्रालि पनि मालपानीकै उद्योग हो, जहाँ भोला गुट्खा र जित सुर्ती उत्पादन हुने गर्छ।