९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा–२: उम्मेदवारी फिर्ता लिन बाबुरामलाई रास्वपा र प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको छ।

रास्वपाले उक्त क्षेत्रमा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ। बुर्लाकोटी यसअघि पनि यही क्षेत्रबाट निर्वाचनमा सहभागी भएका थिए, जहाँ उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पराजित भएका थिए। यसपटक भने प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।

यसैबीच रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले डा. भट्टराईसँग उम्मेदवारी फिर्ता लिन औपचारिक आग्रह गरेका हुन्। वाग्लेले फागुन २१ मा हुने निर्वाचनलाई उल्लेख गर्दै भट्टराईलाई उम्मेदवारी फिर्ता लिई राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सहयोग गर्न अनुरोध गरेका छन्।

‘फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रहनुभएका डा. बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्न विनम्र अनुरोध गर्दछौँ,’ वाग्लेले भनेका छन्।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भट्टराईलाई फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।