९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटमा बागी उठेका जीवन बुढाले उम्मेदवारी फिर्ता लिए



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ। पार्टीले महेन्द्रबहादुर शाहीलाई आधिकारिक उम्मेदवारका रूपमा अघि सारेपछि असन्तुष्ट हुँदै बुढाले बागी उम्मेदवारी दिएका थिए।

तर पार्टी नेतृत्वको निर्देशन र आन्तरिक छलफलपछि उनले उम्मेदवारी फिर्ता लिँदै शाहीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यससँगै कालीकोटमा नेकपाभित्र देखिएको आन्तरिक मतभेद अन्त्य भएको पार्टी नेताहरूले बताएका छन्।

पार्टी एकता र संगठन मजबुत बनाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बुढाको भनाइ छ।