६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

इपिसेन्टर चितवन–२, जोगिएला त रविको छवि ?

इपिसेन्टर चितवन–२, जोगिएला त रविको छवि ?
अ+ अ-

काठमाडौं । देशमा यही फागुन २१ गतेका लागि आह्वान गरिएको चिर्वाचनको चहलपहल सुरु भइसकेको छ । असन्न निर्वाचनका लागि उम्मेदवारी दिइसकेर अब उम्मेदबारहरु आफ्ना क्षेत्रको उम्मेदबारी पुष्टिको हतारोमा छन् । अहिले देशका १६५ निर्वाचन क्षेत्रका उम्मेदबार आफ्नो प्रचारप्रसारका लागि जुटेका छन् ।

यस निर्वाचनमा पनि पहिले पहिलेको जस्तै केही क्षेत्रहरु इपिसेन्टरका रुपमा स्थापित छन् । चुनाव त देशैभरि भइरहेको छ, तर पनि यी सीमित निर्वाचन क्षेत्रमा देशैभरिका नागरिकको चासो बढेको देखिन्छ । उनीहरु चिया पसल होस् कि कुराकानी गर्ने चौतारो होस् यी क्षेत्रका बारेमा अरुका तुलनामा निकै नै चासो दिएर सुन्ने र कुरा गर्ने गर्दछन् ।

तीमध्यको एउटा निर्वाचन क्षेत्र हो चितवन क्षेत्र नं २ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको उम्मेदबारीले गर्दा पनि बढी चासो छ । किनकि रास्वपा अबको निर्वाचनमा एउटा सम्भावित सबै भन्दा ठूलो पार्टी हुने भनिएको दलमा पर्दछ ।

जेनजी आन्दोलनपछि मुलुकले युवाको नेतृत्व खोजेको भनिएको छ । युवा मात्र नभएर राजनीतिक दल पनि नयाँलाई जनताले छान्ने नारा अहिले दिइएको छ । त्यसैले पनि अघिल्लो अर्थात् विसं २०७९ को चुनावमा नयाँ तथा वैकल्पिक शक्तिको जग बसालिसकेको रास्वपाले यस पटक त्यसको तुलनामा राम्रो परिणाम ल्याउने र आगामी सरकार पनि उसैले बनाउने अनुमानहरु अहिले यत्रतत्र सर्वत्र गरिएको छ ।

हुनत यसअघिको संसदीय निर्वाचनमा पनि रवि लामिछाने सोही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । उनी ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका थिए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको थियो ।

त्यसैगरी सो क्षेत्रमा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका थिए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए । चितवनको सो क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

यो अघिल्लो निर्वाचनको अवस्था हो । अहिले यही अवस्था कायम रहला त ? अहिले नै यसै हो भन्न सकिन्न । माहौल त रविकै देखिएको छ । प्रचार प्रसारका क्रममा होस् या उनी हालैमात्र जेलमुक्त भएपछि चितवनमा गएको गरेको आमसभामा होस् । मानिसहरुको उपस्थिति राम्रै देखिएको त छ तर मतको अवस्था भने अहिले नै थाहा हुँदैन ।

यो बीचमा रवि देशका धेरै अदालतमा मुद्दा खेपेका छन् । अघिल्लो जितको जस्तो परिस्थिति नभएर अहिले धेरै नै फेरबदल भइसकेको छ । उनले आफूलाई कांग्रेस एमालेको तत्कालीन सरकारले प्रतिशोध साँधेर जेल हालेको बताएका छन् भने सरकारले आफूले नभएर संसदीय छानबिन समितिबाटै आएको निष्कर्षलाई कार्यान्वयका क्रममा अदालतमा मुद्धा लागेको बताउने गरेको छ ।

तर, अहिले उनी एक अदालतबाट जेलमुक्त भइसकेका छन् । हिजोका दिनमा आफूले मत हालेर जिताएको सांसद लामो समय नै जेल परेपछि आफूहरु जनप्रतिनिधि विहीन हुनुपरेको बताएका जनताका सामु अहिले परिस्थिति फेरिएको अवस्था छ । किनभने उनी जेलबाट मुक्त भएका छन् भने संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा राज्यले लगाएको मुद्धा फिर्ता लिएको अवस्था पनि छ । तर त्यो सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अहिले नै यस विषयमा यहाँ कुनै पन प्रकारको धारणा प्रस्तुत गर्न सकिँदैन ।

रास्वपा आगामी निर्वाचनपछि ढुक्कसँग सरकार गठन गर्ने मनस्थितिमा छ । जनतका सामु पनि उसले आगामी सरकार रास्वपाको हुने भनेको मात्र होइन कि काठमाडौँ महानगरका पूर्वप्रमुख बालेन साहलाई अघि नै सारेको छ । यसका लागि उनीहरुकै योजनामा बालेन एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा– ५ मा पुगेका छन् ।

अबको सरकार रास्वपाकै हुने भन्ने भरोसाले पनि रविको जीतको पक्षमा काम गर्न सक्छ । किनभने जेनजी आन्दोलनपछि नयाँ र बैकल्पिक भनिएको शक्तिमा रास्वपा र रवि जत्तिको बलियो आजका दिनसम्म अर्काे कुनै देखिएको पनि छैन । यो मनोविज्ञानले पनि रविको पक्षमा काम गरिदिन सक्ने आधारहरु हुनसक्छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेल पनि कमजोर उम्मेदवार भने होइनन् । उनी यहाँकी एकजना स्थानीय र वरिष्ठ समाजसेवी हुन् । उनी चितवन जिल्लामा जानेचिनेकै नेत्रीको छवि बनाइसकेकी व्यक्ति हुन् । यसअघिका कैयौँ निर्वाचनहरुमा उनी एक प्रकारले उपेक्षित भएकी थिइन् भने यसपालि कांग्रेसले पहिलो चरणमा नै उनैलाई टिकट दिएको छ । त्यसैले उनी पनि जनताका घरदैलोमा पुगिसकेकी छिन् ।

त्यसैले रविलाई उनी एक चुनौती पनि हुन सक्छिन् । फेरि संगठित अपराधसम्बन्धी मुद्धा सर्वाेच्चमा विचाराधीन रहेकाले फेरि भोलिका दिनमा पनि रवि निर्वाचित भएलगत्तै निलम्बित हुने हो भने हिजोको जस्तो आफूहरु जनप्रतिनिधि विहीन हुनुपर्ने त्रासले जनतालाई अहिले पनि छोडेको छैन । यी र यस्तै शंकाको घेरामा रहेको भए पनि अहिलेकै अवस्थाको विश्लेषण गर्ने हो भने रवि बलियो उम्मेदवारकै रुपमा देखिएका छन् ।