१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पूर्वमन्त्री खापुङसहित नेकपा एसको तेह्रथुम कमिटी एमालेमा समाहित

पूर्वमन्त्री खापुङसहित नेकपा एसको तेह्रथुम कमिटी एमालेमा समाहित
अ अ+ अ-

तेह्रथुम। पूर्व मन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिङ्गो टिमसहित नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहनु भएका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा पुरानै पार्टी एमालेमा फर्किनु भएको हो। तेह्रथुममा आयोजित कार्यक्रममा उहाँहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो।

एकीकृत समाजवादी तेह्रथुमले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरेको छ। यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संविधान २०७२ मार्फत संस्थागत गर्दै देश अघि बढिरहेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भइरहेका छन्, यसले देशलाई अस्थिरतातर्फ धकेल्दै शान्ति, स्थिरता, विकास र समृद्धिमा अवरोध पुर्‍याइरहेको छ।’

देशको वामपन्थी आन्दोलनमा देखिएको विग्रह र विभाजनले मुलुकलाई अझ कमजोर बनाइरहेको निष्कर्षसहित पटक–पटकको छलफल र विचार–विमर्शपछि नेकपा (एमाले) को नेतृत्वबाट मात्र संविधानको रक्षा, देशको विकास र समृद्धि सम्भव हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ।

सोही निर्णयअनुसार संविधान सभा सदस्य, पूर्व मन्त्री तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य भवानी खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तासहित एमालेमा समाहित भएको जानकारी दिइएको छ।

विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लावासी सम्पूर्ण नागरिकमा अपीलसमेत गरिएको छ।