१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शैक्षिक सुधारका लागि पौवादुङमा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन

शैक्षिक सुधारका लागि पौवादुङमा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन
अ अ+ अ-

भोजपुर। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै आधारभूत तहका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित पौवादुङमा गाउँपालिकामा ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ सञ्चालन भएको छ ।

सन् २०३० सम्ममा गाउँपालिकाभित्रको शैक्षिक गरिबीलाई पूर्ण रूपमा अन्त्य गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम सञ्चालन भएको हो । पौवादुङमा गाउँपालिका र युनाइटेड वल्र्ड स्कुलबीचको साझेदारीमा गाउँपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भाषिक क्षमता र गणितीय ज्ञान अभिवृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर सुधारमा कार्यक्रम केन्द्रित भएको युनाइटेड वल्र्ड स्कुल, कोशी प्रदेशका संयोजक विक्रम भट्टराईले बताउनुभयो ।

दश वटा विद्यालयका कक्षा १, २ र ३ का विद्यार्थीमा भाषिक ज्ञान ४६ प्रतिशत र गणितीय ज्ञान आठ प्रतिशत मात्र रहेको पाइएको जानकारी दिँदै उहाँले आगामी पाँच वर्षसम्म कार्यक्रम कार्यान्वयन हुने बताउनुभयो । कार्याक्रम अभिभावकसँगको समन्वयमा गरिने छ ।

यसैबीच, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक सुधार आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ । उक्त कार्यक्रमका लागि पालिकाले रु ३५ लाखको लागत साझेदारी गरेको छ । गाउँपालिकाका सबै ३२ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधार पालिकाको लक्ष्य भएको उहाँले बताउनुभयो ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये हाल ‘शून्य शैक्षिक गरिबी कार्यक्रम’ पौवादुङमा गाउँपालिका र षडानन्द नगरपालिकामा मात्र सञ्चालन भएको छ । रासस