१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
अ अ+ अ-

मोरङ। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ ।

मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छवटै निर्वाचन क्षेत्रमा चुुनावी चहलपहल सुुरु भएको हो । निर्वाचन प्रचारप्रसारको औपचारिक सुुरुआतअगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको पाइन्छ ।

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहनुुभएको छ । उहाँसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतादाताको घरदैलोमा भेटिनुुहुन्छ । बिहानैदेखि उम्मेदवारहरू मतादाताको घरआँगनमा पुुग्न थालेपछि स्थानीयमा चुुनावको सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारी बताउनुुहुन्छ । हाम्रो महत्त्वपूर्ण एजेन्डा भनेको नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने हो, तसर्थ हामी हाम्रो पार्टी र उम्मेदवारका तर्फबाट शिक्षा, स्वस्थ्य, रोजगार र प्रविधिकेन्द्रित रणनीति रहन्छ ।

यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुने आशावादी छौँ सचिव अधीकारीले बताउनुुभयो । यसपटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताउनुुभयो ।

जनभावना बुुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उहाँले बताउनुुभयो । “समय फेरिएको छ, भोट हालिसकेर पछुुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ”, मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताउनुुभयो ।

मोरङ क्षेत्र नं १ केराबारीस्थित भेटिनुुभएका ज्येष्ठ नागरिक शङ्कर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै हुनुहुन्थ्यो, “यसपटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुुपर्छ, चुुनाव जितेर गाउँ भुुल्ने उम्मेदवारलाई मत नदिने ।”

जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् । मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो ।रासस