१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति

प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्ः उपराष्ट्रपति
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “नेपालको गणतन्त्रात्मक संविधानले बहुजाति, बहुभाषा, बहुसंस्कृति र विविध वेशभूषालाई संरक्षण गर्दै राष्ट्रिय एकतालाई बलियो बनाएको छ, वसन्त पञ्चमीले आपसी वैमनस्यता विसर्जन गरी सहकार्य, सद्भाव र ज्ञानमार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्दछ, वसन्त पञ्चमीले प्रेम, मेलमिलाप र एकताको भावना प्रवर्द्धन गर्दै सकारात्मक सोच, ऊर्जाशील जीवनशैली र नयाँ खोजतर्फ अग्रसर हुन सबैलाई प्रेरित गरोस्, पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले वसन्त पञ्चमीको अर्को विशेषता यसको सर्वधर्म स्वीकार्यता भएको उल्लेख गर्दै हिन्दू धर्मावलम्बीहरूले देवी सरस्वतीको पूजा गर्ने, बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको आराधना गर्ने, मुस्लिम समुदायले सुफी वसन्तका रूपमा मनाउने परम्परा यस पर्वलाई बहुधार्मिक उत्सवका रूपमा स्थापित गर्ने पनि बताउनुभएको छ ।

विद्या, विवेक, कला र सङ्गीतकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने परम्परा यस पर्वको मूल सार भएको बताउँदै उहाँले भन्नुभएको छ, “शैक्षिक संस्थानहरूमा साङ्गीतिक कार्यक्रम तथा पूजाअर्चना गरिनुले ज्ञान र संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो, यस दिन पुस्तक, कलम, वाद्ययन्त्र आदिको पूजा गर्ने परम्पराले अध्ययन–अभ्यासमा प्रयोग हुने साधनलाई आदर गर्नुपर्ने सन्देश दिन्छ, अभिभावकहरूले बालबालिकाको अक्षरारम्भ गर्ने परम्परा पनि यस पर्वको विशेषता हो ।”

देशभरका सरस्वती मन्दिरहरूमा मेला लाग्ने, सार्वजनिक पण्डालमा सामूहिक पूजा गर्ने, भजनकीर्तन तथा वसन्त श्रवण गरिनुले हाम्रो मौलिक परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने विश्वास गर्दै उहाँले देवी सरस्वतीको प्रतिमाको विसर्जनसँगै हुने धार्मिक झाँकीहरूले मौलिक संस्कृतिको जगेर्ना गर्न प्रेरणा दिने बताउनुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस पर्वलाई श्रीपञ्चमीका रूपमा पनि मनाइन्छ, जसले कृषिसँग सम्बन्ध जोडेको छ, मधेसमा हलो पूजा गर्ने तथा कृषिश्रमिकलाई सम्मान गर्ने परम्परा मौलिक संस्कृतिको जीवन्त उदाहरण हुन्, आधुनिकताले केही परम्परा कमजोर भए पनि यसको पुनर्जीवन आवश्यक छ, किनभने कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो ।” रासस