१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन



अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा तोकिएको भन्दा बढीको जुलुस लिएर गएको पाइएकाले स्पष्टीकरण पेस गर्न भनिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ को व्यवस्थाको प्रतिकूल हुनेगरी दलको झण्डा प्रयोग र आचारसंहितामा तोकेको भन्दा बढीको जुलुस लिएर गएको हो वा होइन भन्ने विषयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

तोकिएको समयभित्रै आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको आयोगले जनाएको छ । रासस