१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले बागलुङ मध्यपहाडी मार्ग अवरुद्ध



अ+ अ-

बलेवा । मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । 

जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् । 

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो ।  भारी हिमपातले ै मानवीय क्षति नभएको उहाँले बताउनुभयो । (रासस)