१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्वतका सबै उम्मेदवार योग्य

पर्वतका सबै उम्मेदवार योग्य
अ अ+ अ-

पर्वत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु विरुद्ध उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने भएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पर्वतमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो । मुख्य निर्वाचन अधिकृत वासुदेव पौडेलका अनुसार उम्मेदवार विरुद्ध उजुरी नपरेपछि १३ राजनीतिक दलका तथा चार स्वतन्त्र उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । अब पर्वतमा मनोनयनपत्र दर्ता गरेका सबै उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

पर्वतमा नेपाली कांग्रेसवाट अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) बाट पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीबाट मनहरि शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसालले मनोनयनपत्रदर्ता गर्नुभएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुर्गाबहादुर मल्ल, नेपालमजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णबहादुर विक, आमजनता पार्टी (एकल चुनाव चिह्नबाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भीमलाल न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट मायापाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीबाट यमबहादुर चोचाङ्गी पुन, मङ्गोल नेशनल अर्गनाईजेशनबाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालबाट वीरबहादुर गुरुङ मनोनयन पत्र दर्ता गर्नुभएको थियो ।

यसैगरी स्वतन्त्रबाट सीतादेवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गङ्गालाल रिमालले मनोनयन पत्र दर्ता गरेका थिए । शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो । पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र तय गरिएको छ ।रासस