१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध



अ+ अ-

काठमाडौँ। राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न÷गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभरः निर्वाचन हुने दिन अगाडि, निर्वाचनको दिन र निर्वाचन भए पछाडिको निर्वाचनसम्बन्धी कार्यक्रममा बालबालिकाको प्रयोग गर्न गराउन नहुने वातावरण सुनिश्चित गर्न अनुरोध गरेको हो ।

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वद्र्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न गराउन निर्वाचनको प्रचारप्रसार, जुलुस तथा विजयोत्सवलगायत कार्यमा सबै राजनीतिक दल, दलका भ्रातृ सङ्गठन र उम्मेदवारहरुले बालबालिकाको प्रयोग गर्न÷गराउन नहुने वातावरण सुनिश्चित गर्नुपर्नेमा परिषद्को जोड छ ।

परिषद्ले विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्थाबमोजिम १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत तथा सम्मान, आमसभा, कोणसभा जुलुस, अभियान तथा बैठकमा सहभागी गराउन र त्यस्ता दल, सङ्गठन वा समूहमा सङ्गठित हुन निषेध गरेको पनि उल्लेख गरेको छ । रासस