३ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी रास्वपा संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन, सरकारको कामकारबाहीबारे समीक्षा कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मरक्षा तालिम सबैको लागि आवश्यकः सदस्य सचिव सिलवाल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पुर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने बताएका छन् । नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा संचालन भएको दोश्रो अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स सम्मेलनको समापनमा प्रमुख अतिथीको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । सदस्य सचिव सिलवालले सेल्फ डिफेन्सले शुरु गरेको आत्मरक्षा तालिमको अभियानलाई परिषद्ले सक्दो सहयोग गर्ने समेत बताए ।

सेल्फ डिफेन्सको कला प्रद्र्धशनीमा सहभागी हुँदै सिलवालले यस्ता प्रशिक्षणले आफैलाई मजबुत बनाउनेमा बिश्वास दिलाएको जिकिर गरे। दशरथ रंगशालाको कवर्ड हलमा भएको समापन सत्रमा सम्मेलनका लागि नेपाल आएका अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स एशोसियसन, पोल्याण्डका संस्थापक ग्राण्ड मास्टरले नेपालमा निमन्त्रणा गरेर प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्न पाउँदा आफु निक्कै हर्षित र कृतज्ञ रहेको बताए ।

समापन सत्रका कै क्रममा ग्राण्ड मास्टरले नेपाल सेल्फ डिफेन्स संघलाई अन्र्तराष्ट्रिय आबद्धता समेत प्रदान गर्नुभएको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपालका अध्यक्ष डिबि रानापाललाई मानार्थ सेल्फ डिफेन्स तेश्रो डान, शाखा प्रमुख एवं संघका उपाध्यक्ष सञ्जु महर्जनलाई सेल्फ डिफेन्स पाँचौ डानका साथमा आधा दर्जन बढी पदकद्धारा सम्मान गरे ।

त्यस्तै संघका सहायक प्रशिक्षक राधिका ऐर हमाललाई सेल्फ डिफेन्स चौथो डान तथा अन्य पदद्धारा सम्मान गरिएको महासचिव श्रेष्ठले जानकारी दिए। बिभिन्न ४० भन्दा बढी जिल्लाका सेल्फ डिफेन्स प्रशिक्षकको सहभागिता रहेको सो कार्यक्रममा ग्राण्ड मास्टरले बिभिन्न तहको प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा संघलाई सहयोग गर्ने दर्जन बढी बिभिन्न ब्यक्तित्वहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा संघले सम्मान गरेको छ ।

माघ ०८ गतेबाट शुरु भएको अन्र्तराष्ट्रिय सम्मेलनका क्रममा काठ्माण्डौ, पोखरा तथा तनहुँका बिभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भई सकेका छन् । कार्यक्रमको औचारिक समापन आज भएपनि जनकपुरमा मंगलबार र बुधकार तालिम संचालन गरिने संघले जनाएको छ । यसअघि सन् २०१७ मा सोलुखुम्बुमा प्रथम अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।