१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

ब्रिटिस काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ को १० वर्ष पूरा

ब्रिटिस काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ को १० वर्ष पूरा
अ अ+ अ-

काठमाडौँ : ब्रिटिस काउन्सिलले आफ्नो ‘कल्चरल प्रोटेक्सन फन्ड’ स्थापना भएको १० वर्ष पूरा भएको अवसरमा खुशी व्यक्त गर्दै सांस्कृतिक सम्पदा संरक्षणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहो¥याएको छ । नेपालसहित विश्वका १९ देशमा द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस फन्डमार्फत निरन्तर काम भइरहेको छ ।

सन् २०२२ देखि नेपालमा सक्रिय कल्चरल प्रोटेक्सन फन्डले इतिहास, पहिचान र समुदायलाई आपसमा जोड्ने सम्पदाको संरक्षण तथा समुदाय सशक्तीकरणका लागि सहयोग गर्दै आएको छ। फन्डको सहयोगमा नेपालमा लोपोन्मुख कुसुन्डा भाषा सम्बन्धित समुदायबाटै पुनर्जीवन पाएको छ भने महिलाको नेतृत्वमा मैथिली कलालाई सिर्जनात्मक रूपमा पुनःस्थापित गरिएको छ। त्यस्तै, डोल्पाका हिमाली गुम्बाको संरक्षण, गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायका खाद्य परम्पराको अभिलेखीकरण र जगेर्नाका पहलहरू अघि बढाइएका छन् ।

फन्डमार्फत् बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियमले संग्रहालयमा संकलित सामग्री तथा मौखिक परम्पराको संरक्षण र संवद्र्धनका लागि व्यवसायिक व्यक्तिलाई तालिम दिएको छ । पाकिस्तानमा इन्दुस डेल्टाको समुद्री सम्पदा, हजारा समुदायको शिल्पकला संरक्षण, स्वात उपत्यकाका बुद्ध मूर्तिको पुनःस्थापना, ऐतिहासिक सिल्क रोडका भवन मर्मत तथा कराँचीको खालिक्दिना हललाई जीवन्त सांस्कृतिक हबका रूपमा पुनर्जीवित गर्न सहयोग गरिएको छ ।

ब्रिटिस काउन्सिल नेपालका राष्ट्रिय निर्देशक रुस्तम मोदीका अनुसार, “आम नागरिकको तहमा लगानी गर्दै कल्चरल प्रोटेक्सन फन्डले सम्पदा संरक्षणप्रतिको हाम्रो दीर्घकालीन प्रतिबद्धता उजागर गरेको छ । यसले नेपालभर व्यवसायिक विकासका नयाँ अवसर सिर्जना गर्नुका साथै सांस्कृतिक संरक्षणको भविष्यलाई नयाँ स्वरूप दिन मद्दत गरेको छ ।”

समुदाय–केन्द्रित यस्ता पहलहरूले समुदायको पुनर्लाभ, उत्थानशीलता र नवीकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । यसले समुदायलाई सांस्कृतिक विषयमा ज्ञान बढाउन र पहिचान तथा सम्पदामा आधारित भविष्य निर्माण गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

यसै सन्दर्भमा, सन् २०२६ मा कल्चरल प्रोटेक्सन फन्डअन्तर्गत ब्रिटिस काउन्सिलले देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्ने सम्पदा क्षेत्रका ३३ जना व्यवसायिक व्यक्तिका लागि जनवरी २० देखि २३ सम्म काठमाडौंमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यशाला आयोजना गरिरहेको छ । कार्यशालामा सम्पदा आयोजना व्यवस्थापन, सञ्जाल निर्माण, तथा सम्पदा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाको पूर्वतयारीसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।
कार्यक्रमले नेपाल र विश्वभरका सांस्कृतिक सम्पदा अभ्यासकर्तालाई आपसमा जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलमा अझ प्रभावकारी सहभागिता जनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

कल्चरल प्रोटेक्सन फन्डबारे

कल्चरल प्रोटेक्सन फन्ड संयुक्त अधिराज्य (युके) सरकारद्वारा जोखिममा रहेका सांस्कृतिक सम्पदा संरक्षणका लागि अघि बढाइएको अन्तर्राष्ट्रिय कार्यक्रम हो। युकेको कल्चर, मिडिया एण्ड स्पोट्र्स विभागको साझेदारीमा ब्रिटिस काउन्सिलको नेतृत्वमा सञ्चालित यस फन्डले सन् २०१६ यता २० देशमा १६० भन्दा बढी परियोजनामार्फत सम्पदाको माध्यमबाट समुदाय सशक्तीकरणमा सहयोग गर्दै आएको छ ।
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्यको सांस्कृतिक तथा शैक्षिक सम्बन्ध विस्तारका लागि क्रियाशील अन्तर्राष्ट्रिय संस्था हो, जसले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषा कार्यक्रममार्फत विश्वका दुई सयभन्दा बढी मुलुक तथा भूभागमा कार्य गरिरहेको छ ।