१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी



अ+ अ-

काठमाडौँ। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ ।

च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो ।

एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।

आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को  खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ ।

एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे । रासस